२०८० चैत्र १६ , शुक्रवार

नेपाली कांग्रेसको घोषणा पत्र ” निरन्तरतामा नबिनता ” घोषणा पत्र तयारी समिति सदस्य गिरी

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेता एबं निबर्तमान केन्द्रीय सदस्य किरण गिरी नेपाली कांग्रेस घोषणा पत्र तयारी समिति सदस्य मा मनोनयन हुनुभएको हुनु भएको छ । गिरी संघीय संसद प्रतिनिधि सभामा समानुपातिक तर्फ उम्मेदवार समेत हुनुहुन्छ ।

 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब माननीय कृष्णप्रसाद पौडेल द्वारा जारी प्रेस बिज्ञपति अनुसार :-
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले— पार्टी महामन्त्री श्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा— देहाय बमोजिम सदस्यहरु मनोनयन गर्नु भएको छ ।
१) सदस्य — सहमहामन्त्री श्री फरमूल्लाह मंसुर
२) सदस्य — सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’
३) सदस्य — सहमहामन्त्री श्री भीष्मराज आङ्देम्बे
४) सदस्य — सहमहामन्त्री श्री महेन्द्र यादव
५) सदस्य — सहमहामन्त्री श्री बद्रीप्रसाद पाण्डे
६) सदस्य — सहमहामन्त्री श्री जीवन परियार
७) सदस्य — केन्द्रीय सदस्य श्री मीनबहादुर विश्वकर्मा
८) सदस्य — केन्द्रीय सदस्य श्री किरण यादव
९) सदस्य — केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी
१०) सदस्य — केन्द्रीय सदस्य श्री रंगमती शाही
११) सदस्य — केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल
१२) सदस्य — केन्द्रीय सदस्य श्री सुशीला भट्ट मिश्र
१३) सदस्य — केन्द्रीय सदस्य श्री नानु बाँस्तोला
१४) सदस्य — श्री अनुराधा कोइराला
१५) सदस्य — श्री मनोहरनारायण श्रेष्ठ
१६) सदस्य — श्री किरण गिरि
१७) सदस्य — डा बिष्णु विभु घिमिरे
१८) सदस्य — श्री श्रवण मुकारूङ
१९ ) सदस्य — डा. स्वर्णीम वाग्ले
२०) सदस्य — डा. सुरेश आचार्य
२१) सदस्य — श्री गेजा शर्मा वाग्ले
२२) सदस्य — श्री मदन कट्टेल
२३) सदस्य — श्री प्रमोदहरी गुरागाईं
२४) सदस्य — डा. अञ्जनी झा
२५) सदस्य — ई. अभिमन्युलाल सिंह
२६) सदस्य — डा. ई. हरि दर्लामी मगर
२७) सदस्य — अधिवक्ता डा. रुद्र शर्मा
२८) सदस्य — डा. सञ्जय महतो थारु
२९) सदस्य — श्री भोजराज श्रेष्ठ
३०) सदस्य — श्री प्रताप पौडेल
३१) सदस्य — डा. बुद्धिमान श्रेष्ठ
३२) सदस्य — श्री शंकर तिवारी
३३) सदस्य — डा. कृष्ण पौडेल
३४) सदस्य — श्री दिपेश घिमिरे
३५) सदस्य — श्री प्रकाश लामिछाने
३६) सदस्य — डा. प्रीति मण्डल
३७) सदस्य — श्री मीन भाम
३८) सदस्य — श्री विनोद दास
३९) सदस्य — श्री सुमित खरेल
४०) सदस्य — श्री विकल राई
४१) सदस्य सचिव — डा. प्रदीप पराजुली
समितिको पहिलो बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा बसी विभिन्न उप समितिहरु बनाइ कामको जिम्मेवारी बाडफांड गरेको जानकारी घोषणा पत्र तयारी समितिका सदस्य सचिब डा. प्रदीप पराजुली ले दिनु भएको छ ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन – ०७९,
घोषणापत्र तयारी समिति ।
“प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन -२०७९, घोषणापत्र तयारी समिति” को प्रथम बैठक आज समिति गठन लगत्तै वस्यो । समितिका संयोजक एवं पार्टी महामन्त्री श्री विश्वप्रकाश शर्माको सभापतित्वमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, वी.पी. नगर, सानेपा, ललितपुरमा वसेको वैठकले निम्न निणर्य गरेको छ :-
१. छोटो समयमा व्यापक छलफलका साथ “निरन्तरतामा नविनता” को दृष्टी केन्द्रमा राखेर “नेपाली कांग्रेसको घोषणापत्र” निर्माण गर्ने ।
२. स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्रहरु अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्नका लागि सहमहामन्त्री श्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शंकर तिवारी सदस्य रहनु भएको अध्ययन र विश्लेषण उपसमिति गठन गर्ने ।
३. डा. स्वणर्ीम वाग्लेको संयोजकत्वमा श्री गेजा शर्मा वाग्ले, श्री प्रताप पौडेल, डा. कृष्ष्णप्रसाद पौडेल, श्री दिपेश घिमिरे र डा. प्रिति मण्डल सदस्य रहनु भएको प्रारम्भिक मस्यौदा उपसमिति गठन गर्ने ।
४. बैठकले घोषणापत्र तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।