२०८० चैत्र १५ , बिहिवार

धोबीघाटमा रहेको कबाडी कारखानामा आगलागी

 

सुनाखरी न्युज / ललितपुर – ललितपुरको धोबीघाटमा रहेको कबाडी कारखानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् । आगलागीबाट दुई जना भारतीय नागरिक र एक जना नेपाली नागरिक घाइते भएका प्रहरीले जनाएको छ । धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी गोदममा बुधबार दिउँसो १ बजेको समयमा आगलागी भएको हो। आगलागीमा परी ३ जना घाइते भएका छन्। उनीहरूको अस्पतलमा उपचार भइरहेको छ।

 

गोदाम बच्चु साहले सञ्चालन गर्दै आएका थिए।चितवन घर भइ धोबीघाट बस्दै आएका ३० वर्षका गणेण गुरुङ, भारत घर भइ धोबीघाट नै बस्दै आएका ४५ वर्षका शिवनारायण केदा र राम आशिस शाह जलेर घाइते हुनुभएको हो । तीनै जनाको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।

 

विद्युत् शर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । अहिले उपत्यकाका विभिन्न ठाउँको दमकल र पानी ट्याङ्करको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ । अचानक गोदाममा आगो लाग्दा ५ जना कामदारहरू गोदाममै थिए। उनीहरूमध्ये गणेश नेपाल, अजय र लक्ष्मी घाइते भएका छन्। आगोको सप्काले भेटेर उनीहरूको अनुहार जलेको छ।

विजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान लगाएको छ। अझै आगो नियन्त्रण आइसकेको छैन। काठमाडौं, ललितपुर भक्तपुरका दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयले आगलागी नियनत्र्णको प्रयास गरिरहेका छन्। क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ।