२०८१ बैशाख १२ , बुधवार

साढे तीन हजार सवारी चालकलाई जरिवाना

 

सुनाखरी न्युज /काठमाडौ – काठमाडौँका विभिन्न ठाउँमा गरिएको चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ति चालकहरु कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।

 

हिजो एकै दिन काठमाडौँ उपत्यकामा तीन हजार ५३२ जना सवारी चालकलाई जरिवाना गरेको छ ।

 

हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १७९, नम्बर प्लेट नभएका ३२ र ट्राफिक नियम पालना नगर्ने अन्य ३०१५ जना चालक कारबाहीमा परेको ट्राफिक कार्यालयले जनाएको छ । तीमध्ये मदिरा सेवन गरेर सवारी साधन चलाउने १७९, रेड लाइट बाल्ने ५८, लेन मिच्ने ६९ जना कारबाहीमा परेका हुन ।