२०८० चैत्र १६ , शुक्रवार

अनुमतिविना काठमाडौंभित्र डिजिटल–होर्डिङ बोर्ड राख्न निषेध

सुनाखरी न्युज / काठमाडौं – काठमाडौं महानगरपालिकाले अनुमतिबिना डिजिटल–होर्डिङ बोर्ड नराख्न अनुरोध गरेको छ । उच्च अदालत, पाटनको आदेशपछि महानगरले बुधवार आज सूचना जारी गर्दै आजबाट अनुमतिबिना महानगर क्षेत्रमा डिजिटल–होर्डिङ बोर्ड नराख्न अनुरोध गरेको हो ।

 

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले अनुमति नलिएका र अनुमतिको अवधि सकिएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको छ । ५ असोज गतेबाट अनुमति बीना वाहृय विज्ञापन सञ्चालन नगर्नर नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरको सूचनामा भनिएको छ ।

 

महानगरले उच्च अदालत पाटनले निषेधाज्ञाको मुद्दामा ३० भदौमा दिएको आदेशका आधारमा यस्तो सूचना जारी गरिएको बताएको छ ।महानगर क्षेत्रभित्र अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपश्चात् समेत निरन्तर होर्डिङ–डिजिटल बोर्ड तथा अन्य माध्यमबाट बाह्य विज्ञापन गरिरहेको देखिएकाले सूचना जारी गरिएको महानगरले जनाएको छ । सूचना उल्लंघन गरे महानगरप्रहरीद्वारा विज्ञापन प्रचारप्रसार गर्न बन्द गरिने बताइएको छ ।