२०८० चैत्र १६ , शुक्रवार

नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो Dynamic QR Payment System

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा
नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो Dynamic QR Payment System संचालनमा ल्याएको छ । आइतबार दिउसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गर्नु भएको हो ।
नेसनल सेल्स हेड उमापति पोखरेलले
नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो Dynamic QR Payment System को माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गर्नु भयो । यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स Dynamic QR Payment System सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाटDynamic QR Payment System को माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज , सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जनाउनु भयो । Dynamic QR Payment System को माध्यमबाट रु २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ । अरु छेत्रमा म्थDynamic QR Payment System पहिले देखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक फरक त्तच् बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो ।
कार्यकममा नेपाल लाइफका कर्मचारी , अभिकर्ता र ग्राहक महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै ई—सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गर्नुभयो ।