२०८० चैत्र १६ , शुक्रवार

ग्यास लिक भई आगलागीमा महिलाको मृत्यु

 

सुनाखरी न्युज /  बारा – बाराको कलैया नगरपालिका–२३ बस्ने ५० वर्षीया मिनादेवी कुर्मी आफ्नै घरमा दूध तताउने क्रममा ग्यास लिक भई आगलागी हुँदा जलेर उनको सोमवार दिउँसो मृत्यु भएको हो ।

जलेर गम्भीर घाइते भएकी उनलाई स्थानीय वीरगञ्ज मेडिकल अस्पताल लगिएको थियो ।

 

त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा कुर्मीको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।