२०८१ बैशाख १३ , बिहिवार

४८ दलले दर्ता गराए समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्दसूची

सुनाखरी न्युज/ काठमाडौं ।

समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् ।

६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

 

प्रदेश सभा सदस्यका लागि पनि सोमबार र मंगलबार नै बन्दसूची दर्ता भएको छ ।