२०८१ बैशाख ७ , शुक्रवार

विज्ञापन व्यवसायी अर्याललाई प्रबल जनसेवाश्री मानपदवी

सुनाखरी न्युज/ काठमाडौं । अग्रणी विज्ञापन व्यवसायी राजेन्द्र अर्याललाई सरकारले प्रबल जनसेवाश्री मानपदवीले विभूषित गरेको छ । अर्यालले सार्वजनिक हित तथा राष्ट्रको उन्नतिमा गरेको योगदानको कदरस्वरुप संविधान दिवस २०७९ का अवसरमा सरकारले उक्त मानपदवीले विभूषित गर्ने घोषणा गरेको हो ।

 

त्रिकोण एडभरटाइजिङ सर्भिसका प्रबन्ध निर्देशक अर्याल तीन दशकभन्दा बढी समयदेखि विज्ञापन व्यवसायमा संलग्न छन् । सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका ९९३ जनालाई उनीहरुको योगदानको कदरस्वरुप विभिन्न तहका मानपदवी, अलंकार र पदक प्रदान गरेको छ । संविधान दिवसका अवसरमा घोषित मानपदवी राष्ट्रपतिबाट हस्तान्तरण हुने चलन छ । सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो मानपदवी नेपाल रत्न यसपालि पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई दिइएको छ ।

 

दोस्रो नम्बरको मादपदवी राष्ट्र गौरव दासढुंगा दुर्घटनामा ज्यान गुमाएका तत्कालीन नेकपा एमालेका संगठन विभाग प्रमुख स्वर्गीय जीवराज आश्रित, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको छ ।