२०८१ बैशाख १३ , बिहिवार

पाँच बैंकर विभूषित : ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री, तीन जनाले पाए राष्ट्र यशोवर्द्धक

सुनाखरी न्युज/ काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभिन्न मानपदवी, अलंकार तथा पदकबाट पाँच बैंकर विभूषित भएका छन् ।

 

नबिल बैंकका सीईओ तथा नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनएमबि बैंकका सीईओ तथा बैंकर्स संघका उपाध्यक्ष सुनील केसीलाई प्रबल जनसेवाश्री प्रदान गरिएको छ ।

 

त्यस्तै, तीन जना बैंकरले राष्ट्र यशोवर्द्धक पदवी पाएका छन् । बैंकरहरू मनिराम पोख्रेल, दिनेश थकाली र रुकमिणाकुमारी ज्ञवालीले राष्ट्र यशोवर्द्धक पाएका हुन् ।