२०८१ बैशाख १३ , बिहिवार

बेलायतकी महारानी एलिजाको आज अन्त्येष्टि गरिंदै

सुनाखरी न्युज/ काठमाडौं । दिवंगत बेलायतकी महारानी एलिजावेथको आज (साेमबार) एक विशेष समारोहकाबीच अन्त्येष्टि गरिंदैछ ।

 

अन्त्येष्टि समारोहमा सहभागी हुन विश्वभरका ५ सय बढी नेताहरु बेलायत पुगिसकेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेल्जियमका राजा फिलिप लगाएत राजपरिवारका अन्य सदस्यहरु, अष्ट्रेलियाका प्रधानमन्त्री एंटोनी एल्बनीज, न्युजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डर्न र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सहभागी हुने भएका छन् ।

 

यसैगरी भारतका राष्ट्रपति द्रौपदी मुर्मू, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, बगलादेशका प्रधानमन्त्री शेख हसिना पनि अन्त्येष्टि समारोहका लागि बेलायत पुगेका छन् । साथै नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायत पुग्नुभएको छ । अन्त्येष्टि समारोहमा शाही परिवारका सदस्य तथा विश्वभरका नेताहरूको उपस्थिति रहने भएकाे छ ।

 

वेस्टमिन्स्टरको दरबारमा राखिएको महारानी एलिजाको पार्थिव शरीर साेमबार बिहान चर्चमा सारिने भएकाे छ । महारानीको एलिजाको यही सेप्टेम्बर ८ तारिखमा स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको थियो ।