२०८१ बैशाख १३ , बिहिवार

सानिमा बैंकको थप २० वटा मर्चेन्टसँग छुटको व्यवस्था

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टसँग छुटको व्यवस्था गरेको छ।

 

उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट वा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु तथा सेवाहरुको खरिदमा विशेष छुट पाउने भएको छ। बैंकले बाजेको केक, जुलिस केक एन्ड पेस्ट्रिज, कान्तिपुर कफी, कुन्डलिनी आयुर्वेद, बागडोल पोलिक्लिनिक, नीता पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, स्टाइल हन्ट, बेन्ड द ट्रेन्ड, रिभाइब वेलनेस, बल्थली माउन्टेन रिसोर्ट, होटल यात्री, होटल द किंग्सबरी, दरबार ज्वेल्र्स, लारिसा फार्मेसी, डियो गार्डेन रेस्टुरेन्ट, द स्ट्रिट, रोयल लाउन्ज एन्ड बार, आरआर फेसन वेयर, विकेन्ड र न्यानो कलेक्सनजस्ता २० वटा विभिन्न मर्चेन्टहरुसँग १० देखि ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ। बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

 

छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन्।