२०८१ बैशाख १३ , बिहिवार

सामसङको दशैंतिहार अफरमा ’उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले विशेष २०७९ को दशैंतिहार अफरहरूमा ’उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना घोषणा गरेको छ। जसमा निःशुल्क इन्स्टलेसन लगायतका आफुले छनौट गरिएका उत्पादनहरूको खरिदमा ३०% सम्म क्यासब्याकको अफर उपलब्ध हुनेछ।

 

कम्पनीले ल्याएको यो अफर सेप्टेम्बर १७ गतेदेखि नोभेम्बर १५ गते अर्थात् असोज १ देखि कार्तिक २९ गतेसम्म चल्नेछ। यो अफर सामसङ टिभि, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागू हुनेछ। सामसङ टिभिहरू मार्फत, सामसङको प्रिमियम रेन्जका टिभिहरू मध्ये एउटा अपग्रेड गरेमा निःशुल्क साउन्डबार सहित आफ्नो खरिदमा ३०% सम्म छुट प्राप्त गर्न सकिन्छ। यस्तै सामसङको रेफ्रिजरेटर खरिद गर्दा २५% सम्म र ब्रान्ड न्यु सामसङ वासिङ मेसिन खरिद गर्दा २२% सम्म छुट पनि प्राप्त गर्न सकिन्छ।

 

प्रिमियम रेन्जका टेलिभिजन सेटहरू मध्ये सामसङ क्रिस्टल फोर के युएचडी (Crystal 4K UHD_ टिभिहरू छन्, जुन तिनीहरूको पावरफुल ’फोर के एचडी डिस्प्लेमा लाइफलाइक बिलियन ट्रु कलर’ हरूको लागि परिचित छ। ७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोर के युएचडी टिभि खरिद गर्दा १५% सम्मको क्यासब्याकको साथमा निःशुल्क साउन्डबार पाउन सकिने छ। सामसङ फ्रेम टिभिहरू टेस्टफुल्ली डिजाइन गरिएको टिभि हो जसले बेजेल विकल्पहरूको रेन्जकासाथ आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन प्रदान गर्दछ। यो मोडेलको टिभिमा पनि निःशुल्क साउन्डबारको साथमा १८% सम्मको छुटमा खरिद गर्न सकिने छ। १००% क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युम रहेको क्युएलईडी टिभिहरूको प्रत्येक मोडेलमा निःशुल्क साउन्डबारको साथमा १९% सम्मको छुट गराइएको छ।

 

फाइभ इन वन (5in1) कन्भर्टिबल रेफ्रिजरेटरमा ३४५ लिटर क्षमताका मोडेलहरूदेखि ५५१ लिटरसम्म क्षमताका मोडेलहरूमा रेफ्रिजरेटर लाइनअपको कुनै पनि रेन्जको खरिदमा २५% सम्मको क्यासब्याक ग्यारेन्टीको साथ आउँदैछ। यसको ५७९ लिटर क्षमता भएको फ्रेन्च डोर रेफ्रिजरेटर पनि २१% छुटमा उपलब्ध छ। यो रेफ्रिजरेटर यसको इनोभेटिभ कन्भर्टिबल फ्रेन्च डोरका लागि परिचित छ। एआई इकोबबल वासर ड्रायरको ८ केजी तथा १२ केजी भेरियन्टमा २०% सम्मको क्यासब्याक ग्यारेन्टी सहित उपलब्ध रहेको छ। यसमा सजेस्टिभ साइकलको साथ पर्सनलाइज्ड लुगा धुने अनुभव पाउन सकिने छ। साथै ८ केजी तथा ९ केजी क्षमताको हाइजीन स्टीमको साथ आउने फ्रन्ट लोडमा २२% सम्म छुट पाउन सकिने छ।