२०७९ आश्विन १९ , बुधवार

नेप्सेमा ३३ अंकको गिरावट

nepse people

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार घटेको छ । आज नेप्से ३३.९७ अंकले घटेर एक हजार ८ सय ७६ दशमलब ४१ विन्दुमा बन्द भएका हो ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ६० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्य एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ग्लोबल आइएमई समुन्नत स्किम १ को शेयरमूल्य ५.३५ प्रतिशतले बढेको छ ।

 

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर लिमिटेडका सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।