२०८१ बैशाख ६ , बिहिवार

सेलपेको दशैं धमाका अफर

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले विजया दशमीको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ ।

 

यस योजना अन्तर्गत हरेक ग्राहकहरुले विभिन्न सेवाहरुमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हवाई टिकटमा एक् हजार दुई सय रुपैयाँसम्मको क्यासब्याक, बस टिकटमा १० प्रतिशतसम्मको क्यासब्याक, सुबिसु इन्टरनेट भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, भायोनेट इन्टरनेट भुक्तानीमा ५ प्रतिशत क्यासब्याक र मोबाईल रिर्चाजमा ६ प्रतिशत क्यासब्याक ग्राहकहरुले पाउने भएका छन् ।

 

यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागु हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाटबाट पनि कारोबार गर्न सकिने रहेका छन् ।