२०७९ आश्विन २१ , शुक्रवार

आइएमई मोटर्सद्वारा लोन मेलाको आयोजना

Capture

सुनाखरी न्युज/ काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरु लाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ । काठमाडौँ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखी ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखी ७ गते सम्म गरी दुई चरणमा सम्पन्न हुने उक्त मेलाको भरपूर फाइदा ग्राहकहरूले लिन सक्नुहुनेछ ।

 

ग्राहक लक्षित अफर सहित यस प्रकारको फाईनान्स सुबिधा पनि कम्पनीले आफ्ना ग्राहकहरु लाई दिँदै आइरहेको छ। साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ। नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुबिधालिन सकिने छ। मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम ब्यज्दरमा अधिकत्तम फाईनान्स सुबिधा सहित स्थलगत निर्णय गरिन्छ ।

 

रेमिटेन्स व्यवसाय बाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीकाअवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ। आइएमई मोटर्सले विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।