२०८१ बैशाख १२ , बुधवार

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन्स २८औं वर्षमा

सुनाखरी न्युज/ काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वल्र्डलिंकले आफ्नो स्थापनाको २७ वर्ष पुरा गरि २८ औं बर्षमा प्रवेश गरेको छ । ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीको यात्राले २७ वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास रच्न सफल भएको छ ।

 

कम्पनीले देशको ७३ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरि सफलता पूर्वक सञ्चालन गरिरहेको छ भने यहि वर्ष सेवा विस्तार गरि ७७ वटै जिल्लामा सञ्चालन गर्नेछ । कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी पनि गरेको थियो । आजको दिनमा देशभर ७ लाख घरमा इन्टरनेट जडान सहित ३० लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराउदै आइरहेको सबैभन्दा ठूलो कम्पनीको रुपमा वल्र्डलिंक स्थापित भएको छ ।

देशको इन्टरनेट सुरुवाती समयदेखि आजका दिनसम्म भएको सबै उतरचढावहरू भोगेको यस कम्पनीले अहिले १४००० हजार स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ भने यो बर्षभित्र ३०००० स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराउने कम्पनिको योजना रहेको छ । कम्पनीले इन्टरनेट सेवासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि क्रमबद्ध रुपमा आयोजना गर्दै आइरहेको छ । कम्पनीका निर्देशक मनोज अग्रवालका अनुसार यो वर्षमामात्रै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सफल्ता पूर्वक सम्पन्न भएका छन् । हाल कम्पनीको देशभरका शाखामा कुल ५५ सयले रोजगारी पाइरहेको उनले बताए ।

“नेपालको डिजिटल पूर्वाधार निर्माणमा वर्ल्डलिंकको योगदान उल्लेखनिय छ,” उनले भने, “देशमा सञ्चार सेवालाई विस्तार गर्न कम्पनीले पूर्वाधार निर्माणमा महत्वपूर्ण भुमिका खेलेको छ ।”