२०८१ बैशाख ४ , मंगलबार

नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ हुँदै, ५ हजार टिम सहभागी हुने ब्याटलमा सुबिसुले साथ दिने

सुनाखरी न्युज/ काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुको मुख्य प्रायोजनमा नेपालमै पहिलो पटक एक साथ पब्जी र फ्रिफायर प्रतियोगिता हुने भएको छ । २२ सेप्टेम्बरदेखि सुरु हुने यो ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’। नोभेम्बरमा सम्पन्न हुने भएहो हो ।

पाँच हजार टिम सहभागी हुने अपेक्षा राखिएको पब्जी र फ्रिफायर प्रतियोगिताको ‘पुल प्राइज’ (कूल पुरस्कार राशी) चार लाख रुपैयाँ रहेको छ । यस बाहेक विजेता खेलाडीहरूका लागि विभिन्न गिफ्ट ह्याम्पर समेत रहेको सुबिसुले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि रजिष्ट्रेसन खुला भइसकेको छ । १५ सेप्टेम्बरदेखि सुरु भएको रजिष्ट्रेसन २० सेप्टेम्बरसम्म जारी रहनेछ । यहाँ क्लिक गरेर अथवा माथि फोटोमा रहेको क्यूआर कोड स्क्यान गरेर टिम दर्ता गर्न सकिनेछ ।

यसक साथै इच्छुक सहभागीहरूले सुबिसुको फेसबुक पेज तथा इन्स्टाग्राम पेजमार्फत प्रतियोगिताबारे थप जानकारी प्राप्त गर्नुका साथै गेमको ‘रुलबुक’ समेत हेर्न सक्नेछन् । प्रतियोगितामा जे म्युजिक एचडी ब्रोडकास्टिङ पार्टनरको रूपमा रहेको छ भने इभेन्ट पार्टनरमा ओटुका जात्रा छ । सुरुवाती राउण्डहरू भर्चुअल रूपमा आयोजना हुने भए पनि फाइनल खेलहरू भने भौतिक उपस्थितिमा सम्पन्न हुने बताइएको छ ।