२०८१ बैशाख ८ , शनिवार

तीन फिल्मबीच  अस्करमा सहभागी हुन प्रतिस्पर्धा

सुनाखरी न्युज/ काठमाडौं ।
अस्करमा सहभागिता जनाउनका लागि नेपालबाट  तीन फिल्मले प्रतिस्पर्धा गर्दैछन् । नेपालस्थित अस्कर छनोट समितिमा ऐना झ्यालको पुतलीु, प्रकाशु र राधाुले सहभागिताका लागि फिल्म पठाएका छन् । यी तीन फिल्म यही वर्ष प्रदर्शनमा आएका हुन् ।

 

सुजित बिडारी निर्देशित ऐना झ्यालको पुतली यी तीन फिल्ममध्ये समीक्षात्मक रुपले रुचाइएको फिल्म हो । फिल्मलाई लिएर सामाजिक सञ्जालमा चौतर्फी चर्चासमेत भएको थियो ।

 

दिनेश राउत निर्देशित फिल्म ुप्रकाशु मा एक दुर्गम गाउँका युवकले शिक्षक बन्न गरेको संघर्ष देखाइएको छ । उक्त फिल्ममा

प्रदीप खड्का र दीया मास्केको प्रमुख अभिनय थियो ।

यस्तै सुवर्ण थापा निर्देशित ुराधाुमा भने हराएको पतिको पर्खाइको कथा देखाइएको छ । यो फिल्म भने प्रदर्शनको केही समयपछि शो बाँडफाँडमा विभेद भएको भन्दै हलबाट उतारिएको थियो । निर्माण टोली फिल्मलाई फेरि प्रदर्शन गर्ने तयारीमा छ ।