२०८१ बैशाख ८ , शनिवार

जबराको सम्पत्ति विवरणः ५९ लाख नगद बैंकमा, जग्गा धितो राखी ९‍.५ करोड ऋण

सुनाखरी न्युज/ काठमाडौं ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति विवरण न्याय परिषद्ले संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ। समितिले बिहीबार सम्पत्ति विवरण झिकाउने निर्णय गरेको थियो ।

 

न्याय परिषद्ले २०७८ साउनसम्म जबराको नाममा बैंक अफ काठमाडौंमा ५९ लाख २६ हजार रुपैयाँ नगद उल्लेख रहेको जनाएको छ ।

 

त्यस्तै श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौंको वडा नम्बर ५ मा १ रोपनी ८ आना ३ पैसा १ दाम जमिन रहेको छ । उक्त जग्गाको २०७७ मा ८ करोड २६ लाख रुपैयाँमा किनेको उल्लेख छ । उक्त जग्गामा पुरानो घरसमेत रहेको उल्लेख छ ।

त्यस्तै ठमेलको घरजग्गा धितोमा राखी ९ करोड ५०लाख ऋण लिएको विवरणमा उल्लेख छ । त्यस्तै सम्पत्ति विवरणमा पुरानै विवरण उल्लेख भएको जनाइएको छ । साथै गरगहना पनि विवरणमा उल्लेख गरिएको छ ।