२०८१ बैशाख ८ , शनिवार

न्यूनतम मुल्याङकन गरी आयात गरिएका सामग्री बरामद

सुनाखरी न्युज/ मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेष चौक स्थितबाट प्रहरीले न्यूनतम मुल्याङकन गरी आयात गरिएका बिभिन्न सामग्रीहरु बरामद गरेको छ ।

 

हिजो अपरान्ह जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले BR38E 7425 नम्वरको ट्रयाक्टरलाई रोकी चेक जाँच गर्ने क्रममा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायतका सामग्रीहरु न्यूनतम मुल्याङकन गरी आयात गरिएको अवस्थामा बरामद गरेको हो ।

 

बरामद गरिएको करिव २१ लाख मुल्य बरावरको सामग्री र ट्रयाक्टर सहित चालक भारत जोगवनीका रोशन यादवलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।