२०८१ बैशाख १२ , बुधवार

विन्ध्यवासिनी मा वि लाई डस्टविन वितरण

शिशिर पौडेल पोखरा । पोखरा प्लास्टिक व्यवसायी समितिले बाटुलेचौरको विन्ध्यवासिनी मा विलाई डस्टविन हस्तान्तरण गरेको छ।

विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच समितिका अध्यक्ष ऋषिराम शर्माले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई २२ थान विभिन्न रङका प्लास्टिकका डस्टविन हस्तान्तरण गर्नुभयो। विद्यालयका प्रधानाध्यापक आचार्यले समितिले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै, विद्यालयवाट निस्कने फोहोरलाई वर्गिकरण गरि व्यवस्थापन गर्न सहयोग प्रभावकारी हुने बताउनु भयो।

समितिका अध्यक्ष शर्माले देशकै नमुना विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै महानगरपालिकाको फोहोर वर्गिकरण अभियानलाई सहयोग पुर्याउने बताउनुभयो। कार्यक्रममा सचिव परशुराम, सहसचिव युवराज ईटनी, विद्यालयका सुचना अधिकारी रामबहादुर बानियाँ, नविन अधिकारी, प्लास्टिक कार्य समितिका सदस्य बलराम चापागाईं, विमला बराल, हरि प्रसाद कोइरालाले विद्यालयकाे अवलोकन गरि विद्यालयले गरेको प्रगतिको प्रशंसा गरेका थिए। समितिले यस अघि विभिन्न संघ संस्था र वृद्धाश्रमलाई पनि सहयोग गरेको बताईएको छ।