२०८० चैत्र १५ , बिहिवार

भिभोले ल्यायो दुई स्मार्टफोन वाई३५ र वाई २२

सुनाखरी न्युज/ काठमाडौं ।भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्नेछन् ।

 

स्टाइलिस तथा आकर्षक भिभोको नयाँ स्मार्टफोन वाई ३५ र वाई२२ पनि युवाहरूको रोजाइमा पर्ने उत्कृष्ट स्मार्टफोन हुनेछन् । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने, “हामीले भिभो वाई३५ र वाई२२ नेपालमा उपलब्ध गराएका छौं जसमा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्दछ ।”

 

स्टाइल र प्रविधिको उत्कृष्ट संयोजनको रूपमा भिभो वाई३५ ले उद्योगमा आकर्षक विशेषताहरु प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई थप सहज र निर्बाध अनुभवको लागि विस्तारित र्याम ३.० अर्थात ८जीवी र्याममा थप ८जीवी सम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ, र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिनेछ । वाई३५ (८जीवी प्लस १२८जीवी) दुई ट्रेन्डी कलर भेरियन्ट – एगेट ब्ल्याक र डन गोल्ड कलरको मुल्य ३० हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै ४जीवी र्याम र ६४जीवी रोम भएको वाई२२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा रहेको फोनको मुल्य २२ हजार ९९९ रुपैयाँ रहेको छ ।