२०८१ बैशाख ७ , शुक्रवार

प्रतितोला एक हजारले घट्यो सुन

सुनाखरी न्युज/ काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीकोको मूल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । भने चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।