२०८१ बैशाख १३ , बिहिवार

फिल्म ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने

सुनाखरी न्युज/ काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन, सैफअली खान र अभिनेत्री राधिका आप्टे स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने भारतीय सञ्चार माध्यामले जनाएको छ ।

 

फिल्मले रिलिज अगावै विश्वकै धेरै देशमा प्रदर्शन हुने भन्दै नयाँ कीर्तिमान बनाएको छ । यो फिल्म असोज १४ गते १०० वटा देशमा रिलिज हुनेछ । भारतबाहेक यो फिल्म उत्तर अमेरिका, बेलायत, मध्यपूर्व, अस्ट्रेलिया र न्युजिल्याण्डमा विगतमा जस्तो नियमित प्रदर्शन हुनेछ । यसबाहेक यो फिल्म युरोपका २२ देश र अफ्रिकाका २७ देशमा बलिउड फिल्म रिलिज हुनेछ, जहाँ यसअघि बलिउडका कुनै पनि फिल्म पुगेकै थिएन ।

 

भारतीय दन्त्यकथा विक्रम र बिटलको कथामा आधारित यो एक्सन–थ्रिलर फिल्मलाई पुष्कर र गायत्रीले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्म विक्रम र वेधा नामक पात्रको लुकामारीको कथा हो । एजेन्सी