२०८१ बैशाख ८ , शनिवार

नेपाल इको प्यानलले आफै बनाउन थाल्यो एडेसिभ सिमेन्ट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल इको प्यानलले इको प्यानल जडानका लागि आवश्यक एडेसिभ सिमेन्ट बनाउने प्लान्ट आफै स्थापना गरेको छ । नेपाल इको प्यानल जडान गर्दा आवश्यक पर्ने विशेष प्रकारको टंग एण्ड ग्रुभ ज्वाइन्टमा प्रयोग हुने विशेष प्रकारको सिमेन्ट आफै बनाउन थालेको हो । यसभन्दा अगाडि कम्पनीले यो सिमेन्ट भारत र चीनबाट आयात गर्दथ्यो ।

 

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले कम्पनीले एकपछि अर्काे प्रगति गर्दै जाने क्रममा नेपाल इको प्यानल जडानका लागि आवश्यक सिमेन्ट आफैं बनाउन सुरु गरेको जानकारी गराए । कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा नेपाल इको प्यानल जडान मात्रै गरे पुग्छ । यही नेपाल इको प्यानल जडानका लागि यस्तो विशेष प्रकारको सिमेन्टको आवश्यकता पर्दछ ।

 

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । निर्माणस्थलमा लगेर जोडे मात्रै पुग्ने भएकाले यसको प्रयोगबाट तीव्र निर्माण सम्भब भएको हो । हलुका, भूकम्पप्रतिरोधीलगायतका कारण पछिल्लो समय यसको माग उच्च रहेको कम्पनीको दावी छ ।