२०८१ बैशाख ७ , शुक्रवार

कोरोना अपडेटः थप १२६ जनामा कोरोना संक्रमण, १३७ जना संक्रमणमुक्त

ससुनाखरी न्युज/ काठमाडौँ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनाको परीक्षणमा १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १२९ जना पुगेको छ ।