२०८१ बैशाख ७ , शुक्रवार

जय नेपाल हल परिसरमा उत्खनन्गदा भेटियो टुकुचा खोला

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाको टोलीले टुकुचा खोला खोज्न उत्खनन गरेको छ । महानगरपालिकाको टोलीले बिहीबार  जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला खोज्न उत्खनन गरेको हो । डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगर स्रोतले जनाएको छ । बढ्दो शहरीकरणका कारण यो क्षेत्रमा टुकुचा खोला गायब थियो ।

 

महानगरपालिकाले साउन १२ गते ३५ दिने सूचना जारी गरेर टुकुचा अतिक्रमण हटाउन निर्देशन दिएको थियो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको उक्त खोला अतिक्रमण गरेर संरचना निर्माण गरिएको भन्दै स्थानीयवासीले उत्खननको माग गर्दै आएका थिए ।