२०८० चैत्र १५ , बिहिवार

ब्याजदरको प्रभाव शेयर बजारमा, एकैदिन ५७ अंकले घट्यो नेप्से परिसूचक

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन आज बिहिबार उच्च अंकको पहिरो गएको छ । कारोबारको सुरुवातदेखि नै ओरोलो आएको नेप्सेमा अन्ततः उच्च अंकको गिरावट भएर बन्द भएको हो ।

 

आज नेप्से ५७ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ४८ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्से घटेपनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटिजन्स म्युअल फण्ड २ को शेयरमूल्य ४.१२ प्रतिशतले बढेको छ ।

 

नेप्सेका अनुसार एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।