२०८१ बैशाख १३ , बिहिवार

रसुवागढी र तातोपानी दुबै नाका खुल्यो

सुनाखरी न्युज/ काठमाडौं । करिब एक महिना पछि नेपाल र चीनबीचको रसुवागढी र तातोपानी नाका खुलेका छन् । कोरोना संक्रमण बढेको भन्दै एकातर्फी बन्द गरेको नाका पुनः सञ्चालनमा आएको हो ।

 

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नाका खोल्ने आश्वसन दिए लगत्तै रसुवागढी र ताताेपानी नाका सञ्चालनमा आएको हो । साउन २५ गते देखि बन्द रहेको रसुवागढी नाका आज बिहीबार देखि सञ्चालनमा आएको छ ।

नाका सञ्चालनमा आएसँगै यस अघि रोकिएर बसेको बस्तु बोकेर ७ कन्टेर नेपाल भित्रिएका छन् भने थप ७ वटा साँझसम्ममा भित्रिने जिल्ला प्रशासन कार्यकलय रसुवाले जनाएको छ । यस्तै तातोपानी नाका पनि आजै बाट खुलेको छ । तातोपानी नाका गत साउन २१ ग्ते देखि बन्द रहेको थियो ।