२०८१ बैशाख १३ , बिहिवार

तेह्र वर्षीय सजन पाँचदिन देखि बेपत्ता, खोजीका लागि परिवारको अपील

सुनाखरी न्युज/ काठमाडौं । तेह्र वर्षीय सजन महर्जन बेपत्ता भएको पाँच दिन बितिसक्दा पनि फेला परेका छैनन् ।

 

काठमाडौं महानगरपालिका वडा नं. २, कैलाशचौर मार्ग, लाजिम्पाट बाट २०७९ भदौ २६ गते आइतवार बिहान करिब ७ बजेको समयमा उनी कसैलाई केही थाहान दिइ कोठाबाट निस्किएका थिए । त्यसपछि सजनको कुनै अत्तोपत्तो छैन । उनकी आमा कोपीला महर्जनले आफ्नो एकमात्र छोरा हराएको हुँदा खोजतलास गरी पाउँ भनी प्रहरी बृत्त दरवारमार्ग र सोह्रखुट्टेमा भदौ २७ गते निवेदन दिएको बताउनुभयो ।

 

पानीपोखरी स्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ७ मा अध्ययनरत सजन आइतवारदेखि विद्यालयमा अनुपस्थित रहेका छन् । निज सजनलाई कोही कसैले देख्नु वा भेट्टाउनु भएमा नजिकको प्रहरी, आमसञ्चार वा परिवारलाई खबर गरिदिनुहुन निजकी आमा कोपीला (९८२३६०८९२४) ले अपील गर्नु भएको छ ।