२०८१ बैशाख १३ , बिहिवार

चार दिने भ्रमण सकेर फर्किए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

सुनाखरी न्युज/ काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु नेपालको चार दिने भ्रमण सकेर बिहीबार बिहान स्वेदश फर्किएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आएका अध्यक्ष लीले यस दौरान दुई मुलुकबीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारी गरे ।

 

लीलाई सभामुख सापकोटाले बिहीबार बिहान ८: ५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाइ गरेका थिए । उनले सभामुख सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरे । भेटवार्ताका क्रममा दुई मुलुकबीचको विभिन्न आयामका बारेमा कुराकानी भएको थियो ।

 

अध्यक्ष ली चान्सुसँग नेपाली पक्षले लामो समयदेखि अवरुद्ध तातोपानी र रसुवागढी नाका, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालगायत विषय उठाएका थियो। सोमबार सभामुख सापकोटाले अध्यक्ष ली र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा होटल सोल्टीमा ‘स्टेट डिनर’को आयोजना गरेका थिए ।