२०८१ बैशाख १३ , बिहिवार

पहिलो दिनमै सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदकको ओइरो

सुनाखरी न्युज/ काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओमा ३३ करोड २३ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (भदौ २९ गते) साँझ ५: ०१ बजेसम्ममा २ लाख ९० हजार ८२७ जनाले ३३ लाख २३ हजार २८० कित्ताका लागि आवेदन दिएका छन् ।

 

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३.१४ गुणा बढी आवेदन हो । कम्पनीले आज (भदौ २९ गते) देखि सर्वसाधारणका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ५% अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

यसमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गरेको छ । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिक्लेस हाइड्रोपावरलाई ‘केयर एनपी रेटिङडबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ असोज २० गते रेटिङ दिएको थियो । यो रेटिङ आगामी असोज १९ गतेसम्म बाहल रहनेछ ।