२०८० चैत्र १५ , बिहिवार

मासिक ३३३ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट

सुनाखरी न्युज/ काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाई(फाई नेपालले ल्याएको ‘दशैंको मास्टर अफर’ आज बुधबारदेखि सुरु भएको छ । यसअन्तर्गत कम्पनीले आफ्नो ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने भएको हो ।

 

यसको अर्थ यसअघि ३० एमबीपीएस इन्टरनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् । त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताले ३० एमबीपीएस प्याकेजकै शुल्क कर बाहेक वार्षिक चार हजार, अर्धवार्षिक २१०० रुपैयाँ अथवा त्रैमासिक ११०० रुपैयाँ तिरेर नवीकरण गर्न सक्नेछन् । वार्षिक नवीकरण गर्दा ५० एमबीपीएसका लागि कर बाहेक मासिक ३३३ रुपैयाँ मात्र पर्न आउँछ । तर ५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्न वार्षिक ५ हजार ५ सय रुपैयाँ ९करबाहेक० लाग्नेछ । जसमा राउटर, तार र जडान शुल्क समेत जोडिएको छ ।

 

यही इन्टरनेट प्याकेज पहिलो पटक लिँदा छ महिनाका लागि ३६०० रुपैयाँ र तीन महिनाको ३१०० रुपैयाँ पर्नेछ । त्यस्तै वाई(फाई नेपालले ८० एमबीपीएसको नयाँ प्याकेज समेत ल्याएको छ । जसअन्तर्गत ७ हजार ५ रुपैयाँ ९कर बाहेक० मा एक वर्षका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० रितेशराजसिँह श्रेष्ठले बताए । साथै प्रयोगकर्ताले नवीकरणका लागि न्यूनतम तीन महिनाको शुल्क तिर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

 

५० एमबीपीएसको प्याकेज नवीकरणका लागि प्रयोगकर्ताले वार्षिक चार हजार रुपैयाँ ९कर बाहेक० तिर्नुपर्नेछ । त्यसैगरी ८० एमबीपीएस प्याकेज नवीकरण गर्न वार्षिक ६ हजार रुपैयाँ ९कर बाहेक० तिरे पुग्छ ।वाई(फाई नेपालको यो सेवाहरू लिनका लागि वाई(फाई नेपालको फोन +977-01-5970789 नम्बरमा कल गर्न वा कम्पनीको वेबसाइट(https://wifinepal.com.np/plans) अर्डर गर्न सक्नेछन् ।