२०८१ बैशाख १३ , बिहिवार

नेप्सेमा फर्कियो बहार, कारोबार रकममा पनि सुधार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार आज दोहोरो अंकले बढेको छ । आज नेप्से ४७.४४ अंकले बढेर एक हजार ९ सय ८१ दशमलब ४८ विन्दुमा बन्द भएको छ ।

 

मंगलबार नेप्से २१.३० अंकले बढेर एक हजार ९ सय ३४ दशमलब ४ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयरबजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्सेमा १ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ९२ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १८६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । ग्रिन डेभलपमेन्ट बैंकको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७३.९० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ६ करोड ५१ लाखभन्दा बढीको कारोबार भएको छ ।