२०८१ बैशाख ७ , शुक्रवार

सेञ्चुरी कमर्सियल बैंक र एनपिआइ नारायणी सामुदायिक अस्पताल तथा सिराईचुली होटल, नारायणगढ बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा,लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडतथा सिराइचुली होटल बीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

 

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्णग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड, नारायणगढतथासिराइचुलीहोटल, नारायणगढमा छुट प्रदानगर्ने गरी सम्झौताभएको छ ।

 

एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने बिभिन्न सेवा (ओ. पि. डी., फार्मेसि, सि.टी. स्क्यानबाहेक) शुल्कमा १० प्रतिशत छुट प्रदानगर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाप्रमुख भेषराज खड्का र एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाटअस्पतालका संचालक बिष्णु कुँवरले हस्ताक्षर गर्नुभयो ।

 

साथै भरतपुर–१०, स्थित सिराइचुलीहोटलमा फुड एण्ड बेभरेजमा १०% र एकोमोडेशनशुल्कमा २५ प्रतिशत छुट प्रदानगर्ने गरी सम्झौताभएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाकाप्रमुख भेषराज खड्काज्यूू र सिराइचुलीहोटलका तर्फबाट रिसोर्टका संचालक बिष्णु घिमिरेज्यूूले हस्ताक्षर गर्नुभयो ।

 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवनजिल्लामा ६ वटा शाखाहरु – नारायणगढ लायन्सचोक, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवाप्रदानगर्दै आएको छ । बैंकलेकुल१४७शाखा,१० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवाप्रदानगर्दै आएको छ ।