२०८१ बैशाख ११ , मंगलबार

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली भक्तपुरमा

सुनाखरी न्युज/ काठमाडौं । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन् ।

 

बुधबार बिहान नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसहितको प्रतिनिधिमण्डलसहित अध्यक्ष ली भक्तपुर पुगेका हुन् । उनलाई भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले स्वागत गरेका थिए । ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौं आइपुगेका हुन् ।

 

लीले बुधबार अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । अध्यक्ष ली नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।