२०८१ बैशाख ७ , शुक्रवार

निलम्बित प्रधानन्याधीश राणाले आरोप लगाएका सबैलाई डाक्ने समितिको निर्णय

सुनाखरी न्युज/ काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा आरोप लगाएका सबै ब्यक्तिहरुलाई बयानका लागि बोलाउने भएको छ ।

 

समितिको आज बुधबार बसेको बैठकमा राणाले नाम लिएका बहालवालाल कामु प्रधानन्यायधीश, न्यायाधीश लगायतलाई बोलाउने निर्णय गरेको हो । राणाले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सवैलाई पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

 

उनीहरु सबैलाई भोलि बिहीबार समितिमा डाकेर बयान लिइने बुझिएको छ । समितिले राणालाई पुरक प्रश्नहरु सोध्ने नसोध्ने विषयमा भने कुनै निर्णय गरेको छैन ।