२०८० चैत्र १६ , शुक्रवार

दसैँ टीकाको साइत सार्वजनिक गर्ने तयारी

सुनाखरी न्युज/ काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादसैँको टीकाको शुभसाइत सार्वजनिक गर्ने तयारी गरेको छ । समितिले चाडपर्वहरूको उत्तम साइत सार्वजनिक गर्ने गर्छ ।

समितिले यो वर्षको बडादसैँको टीका, महानवमी, महाअष्टमी, फूलपाती, घटस्थापना लगायत कार्यको साइत सार्वजनिक गर्ने तयारी गरेको हो । हरेक वर्ष दसैँ आउनु केही दिनअघि उत्तम साइत सार्वजनिक गर्ने गरिन्छ ।

 

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार पर्सि (शुक्रबार)सम्म दसैँको शुभसाइत सार्वजनिक गर्ने तयारी छ ।“निर्णयका लागि हामी बैठक बसिरहेका छौँ ।