२०८१ बैशाख ८ , शनिवार

धाक धम्की दिई रकम माग गर्ने पक्राउ

सुनाखरी न्युज/ मोरङ । डर त्रास र धाक धम्की देखाई रकम माग गर्ने गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

मोरङको विराटनगर महानगरपालिका अन्तर्गत रहेका विभिन्न औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई विभिन्न समयमा धाकधम्की दिने गरेको र रकम समेत माग गर्ने गरेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिराटनगर-३ का ३३ बर्षीय बिजय दाहाललाई मंगलवार पक्राउ गरेको हो ।

 

पक्राउ परेका दाहालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।