२०८१ बैशाख ११ , मंगलबार

अशोक लेल्याण्डको चाडपर्ब अफर, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । आइएमई मोटर्सले दसैँ तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरुमा चाडपर्ब, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार अफर सार्वजनिक गरेको छ ।

 

सो अफर आन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाईल फोन अथवा दुई जानलाई थाइल्यान्ड टुर पाउनेछन् । आइसिभी÷ट्रक÷ टिप्पर÷ आइसिभी बस (ICV Truck/Tipper/ ICV Buses) को खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई जानालाई सिङ्गापुर टुर पाउनेछन् । एम एण्ड एचसीभी÷ट्रक÷ टिप्पर÷ एमडीभी बस ( – M&HCV Truck Tipper/ MDV Buses ) मा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई यूरोप टुरमध्ये एक छानेर लिन सक्नेछन ।

 

कम्पनीले उपहार सहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी ७० प्रतिशत रकमलाई सरल किस्तावन्दिमा भुक्तानी गर्नेगरी कुनै पनि सवारीसाधनहरु खरिदगर्न सक्नेछन । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सिमित अवधीका लागि मात्र लागु गराइएको जनाइएको छ । रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो ।

 

रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ । आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।