२०८१ बैशाख ११ , मंगलबार

कृषि विकास बैंकको ४ करोड घोटालामा पूर्वजर्नेललाई कैद सजाय

सुनाखरी न्युज/ काठमाडौं । कृषि विकास बैंकको ४ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दोषी ठहर भएका नेपाली सेनाका पूर्वसहायक रथी पूर्वजर्नेल रमेशराज विष्टलाई ४ वर्ष र बैंकको टेलर सहायक दीपिका रेग्मीलाई ८ वर्ष कैदको सजाय तोकिएको छ ।

 

विशेष अदालतका न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको भदौ ७ गतेको इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो । जसअनुसार पूर्वजर्नेल विष्टलाई ४ वर्ष र टेलर सहायक तथा पूर्वजर्नेलकै प्रेमिका रेग्मीलाई ८ वर्ष कैद सजाय तोकिएको हो । पूर्वजर्नेल विष्टलाई भने ३१ लाख ६८ हजार रुपैयाँ, टेलर सहायक रेग्मीलाई ३ करोड ९२ लाख जरिवाना तोकिएकोे छ ।

 

अदालतले २०७६ फागुन ७ गते पूर्वजर्नेल विष्ट, टेलर सहायक रेग्मीसँगै दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानीलाई दोषी ठहर गरेको थियो । अन्य प्रतिवादीहरुलाई भने उच्च अदालत पाटनले सफाइ दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयमा ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा विष्ट र रेग्मीसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेष अदालतमा मुद्दा दर्ता गरेकोमा अन्य प्रतिबादीहरुले भने सफाई पाइसकेका छन् ।