२०८० चैत्र १६ , शुक्रवार

नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशको दोश्रो वार्षिक साधारण सभा २०७९ भदौ २७ गते मधेश प्रदेशको जनकपुरधाममा सम्पन्न भएको छ । मधेश प्रदेसका सभापति रामजी साहको सभापतित्वमा सो साधारणसभा सम्पन्न भएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको प्रमूख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । महासंघका बरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली साधारणसभामा विशिष्ट अतिथिकोरुपमा सहभागी हुनु भएको थियो ।

 

 

यस्तै सभामा महासंघका प्रवक्ता मनोज कुमार साह, केन्द्रीय सदस्य सुविन श्रेष्ठ लगायत जिल्ला तथा नगर संघका अध्यक्ष एवं सल्लाहकार तथा विभिन्न जिल्ला वाट आउँनुभएको प्रतिनिधि पर्यवेक्षकहरु को उपस्थिति रहेको थियो । जनकपुर धाममा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो ।