२०८० चैत्र १६ , शुक्रवार

घट्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार रुपैयाँ कायम भएको छ। हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।