२०८१ बैशाख ७ , शुक्रवार

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सुनाखरी न्युज/ काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

 

कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ६० करोड ५२ लाख ७३ हजार ७२३ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशतले हुन आउने ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँबराबरको नगद लाभांश छन्।

 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।