२०८० चैत्र १६ , शुक्रवार

प्रभु बैंक र गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा स्थित गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

 

बैंकका तर्फबाट पोखरा शाखा कार्यलय प्रमुख पुष्कर शेरचन र गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च का तर्फ बाट प्रिन्सिपल प्रोफेसर डा. रविन्द्र प्रसाद श्रेष्ठद्धारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चद्धारा सञ्चालित हस्पिटल सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

 

उक्त सम्झौता अन्तर्गत गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।