२०८१ बैशाख ८ , शनिवार

एकै हप्तामा ८ अर्बले बढ्यो निक्षेप, कर्जा लगानी बढाउँदै बैंक

सुनाखरी न्युज/ काठमाडौं ।

 

बैंकहरुमा  पछिल्लो साता ८ अर्बले निक्षेप बढेको छ । नेपाल बैंकर्सको रिपोर्ट अनुसार भदौ १७ गतेदेखि २४ गतेसम्म २६ वटा वाणिज्य बैंकहरुले ८ अर्बले निक्षेप बढाउँदै ४४ खर्ब ४५ अर्ब रुपैयाँ संकलन गरेका हुन् । यस्तो निक्षेप अघिल्लो साता अर्थात् भदौ १० गतेदेखि १७ गतेसम्म ११ अर्बले बढाउँदै बैंकहरुले ४४ खर्ब ३७ अर्ब संकलन गरेका थिए । संघको तथ्याङ्क हेर्दा पछिल्लो दुई सातामा मात्र बैंकहरुमा १९ अर्बले तरलता बढेको छ ।

 

त्यसो त पछिल्लो समय बैंकिङ च्यानलमा तरलता बढेसँगै बैंकहरुले कर्जा लगानी समेत बढाएका छन् ।

अघिल्लो हप्ता अर्थात् भदौ १० गतेसम्म जम्मा एक अर्बले मात्र कर्जा लगानी बढाउँदै ४१ खर्ब ८१ अर्ब लगानी गरेका बैंकहरुले पछिल्लो हप्ता अर्थात् भदौ १७ गतेदेखि २४ गतेसम्म थप ७ अर्बले लगानी बढाउँदै कुल ४१ खर्ब ८८ अर्ब कर्जा प्रवाह गरेका छन् ।