२०८१ बैशाख १३ , बिहिवार

कोरोना अपडेटः २४ घण्टामा थपिए १७९ कोरोना संक्रमित, १७१ जना निको भए

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार हजार ९५९ वटा नमुना परीक्षण गर्दा १७९ जनामा संक्रमण पुष्टि भएको हो ।

 

आज १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार २७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।