२०८१ बैशाख ७ , शुक्रवार

नेप्सेमा आज पनि १३.५९ अंकको गिरावट, कारोबार रकम ८३ करोडमा सीमित

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार पनि नेप्सेमा गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३.५९ अंकले गिरावट भएर १९१२.६९ अंकमा बन्द भएको छ । आइतबार दोहोरो अंकले नै गिरावट भएको नेप्से सोमबार पनि घटेको हो ।

नेप्सेसँगै सामूहिक लगानी कोष बाहेक सबै उपसूचकमा गिरावट भएको छ । सोमबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये नबिल बैंकको सर्वाधिक ४ करोड ७ लाख ५५ हजारको सेयर किनबेच भएको छ । त्यस्तै रिडी हाइड्रोपावरको २ करोड ७९ लाख ५९ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख ७१ हजारको कारोबार भएको छ ।

सोमबार कारोबार अवधिभर नेप्सेमा १८९ कम्पनीको सेयर कारोबार भएकोमा १४९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार कारोबार भएकामध्ये युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयर मूल्य सर्वाधिक ४।१७ प्रतिशतले वृद्धि हुँदा १० प्रतिशत ब्याजदरको सनराइज डिवेञ्चर २०८० को मूल्य २ प्रतिशत र बोटलर्स नेपाल तराइको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।