२०८० चैत्र १५ , बिहिवार

बालुवाटारमा गठबन्धनका नेताहरूबीच छलफल

सुनाखरी न्युज/ काठमाडौं ।
सत्तारुढ पाँच दलका नेताहरू दुई पक्षीय र त्रिपक्षीय बैठकमा जुटेका छन् । एउटै निर्वाचन क्षेत्रमा दाबी गर्ने दुई-तीन दलका नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

 

सत्तारुढ गठबन्धनका नेताहरू सिट बाँडफाँटमा सहमति नजिक पुगेको कार्कीले जानकारी दिए । ुनिर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले गएका छौं । सबैले लचिलो हुनुको विकल्प छैन तर दलहरूको आ-आफ्नो अडान छ । ती अडानमा सूक्ष्म ढंगले छलफल गरेर अगाडि बढेका छौं, उनले भने ।

 

दलका नेताहरूबीच कुन क्षेत्र कसले लिने भन्नेबारे छलफल भइरहेकाले तत्काल निष्कर्ष निस्कने संभावना नरहेको कार्कीले संकेत गरे । ुदुई पक्षीय र त्रिपक्षीय छलफल चलिरहेको छ ।