२०८० चैत्र १५ , बिहिवार

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा, यस्तो छ कार्यक्रम !

सुनाखरी न्युज/ काठमाडौं ।
चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौं आएका छन् । उनी सोमबार दिउँसो ३ बजे काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली विमानस्थलमा पुगेको थियो ।

 

लीको भ्रमणमा नेपाल र चीनबीचमा संसदीय तहमा सहकार्य गर्ने गृहकार्य भएको छ । द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेस बीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदान–प्रदान सम्बन्धमा सम्झौता हुने गृहकार्य भइरहेको संसद् सचिवालयका एक पदाधिकारीले जानकारी दिए।

 

चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सको भ्रमणका दौरान सोमबार बेलुकी नेपाली पक्षसँग संसदीय सहकार्य र सांसदहरूको भ्रमण आदान–प्रदानको लागि सम्झौता हुन लागेको संसद् सचिवालयले जनाएको छ ।